Incident Reports

तलब माग्दा कुटाई !

2020-02-27

Lumbini, Kapilbastu, Kapilbastu, Ward 3

कपिलवस्तु नगरपालिका वडा नं. ३ मा रहेको बुद्धज्योति इंग्लिस बोर्डिङ स्कूलका सञ्चालक प्रकाश गैरेले फागुन १५ गते बिहीबार आफ्नै स्कुलका शिक्षकलाई कुटेका छन् । सोही वडाका वडाध्यक्षसमेत रहेका गैरेले आफ्नै विद्यालयका शिक्षक रमेश बढईलाई कुटेर घाईते बनाएका हुन् ।

गैरेले काम गरेको तलब माग्दा आफ्नै शिक्षकमाथि हातपात गरेर घाइते बनाएका छन् । यशोधरा गाउँपालिका वडा नं. ५ बस्ने शिक्षक रमेश बढईले वडाध्यक्षको बोर्डिडमा दुई वर्षदेखि कार्यरत रहँदै आएका थिए । बिहीबार दिउँसो तलब माग्न लेखा शाखामा जाँदा आफूमाथि अपमान शैलीमा गालीगलौज गर्दै आफुले लगाएको बेल्ट फुकालेर शरीरमा हिर्काएको बढईले बताए। यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा यस विषयमा बुझ्दा प्रहरी नायब उपरीक्षक सुनिल मल्लले उजुरी परेको भए पनि दर्ता भने नगरिएको जानकारी दिए । 'हामी बुझिरहेका छौं । अनुसन्धानको क्रममा रहेकोले अहिले दर्ता नभएको हो।' -उनले भने।

यस विषयमा स्कुलका सञ्चालक प्रकाश गैरेसँग बुझ्दा घटना कपोकल्पित रहेको दाबी गरेका छन् । गैरेले भने-'स्कुल र मलाई बदनाम गर्ने मनशायले यस्तो गरिएको छ।'

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports