Incident Reports

देवदहबाट दुईजना विप्लवका कार्यकर्ता पक्राउ

2020-03-18

Lumbini, Rupandehi, Devdaha, Ward 10

रूपन्देहीको देवदह नगरपालिकाबाट नेकपा(विप्लव)का दुई जना कार्यकर्ता पक्राउ परेका छन् । बुधबार ईलाका प्रहरी कार्यालय बुटवलको एक टोलीले देवदह-१० की ४१ वर्षीय शिला गैरे र सोही वडाका ४४ वर्षीय हुमबहादुर जि.सी. भनिने शिव जिसीलाई पक्राउ गरेको छ।  

प्रहरी सहायक निरीक्षक नुरराज सारूको कमाण्डमा खटिएको प्रहरी टोलीले ने.क.पा.(विप्लव समूह) का दुई कार्यकर्तालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा राखेको छ । पक्राउ पछि उनीहरूलाई आवश्यक सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गैर ने.क.पा.विप्लव समूहका रूपन्देही जिल्लाकी सक्रिय सदस्य तथा लुम्बिनी ब्यूरो स्वास्थ्य संयोजक हुन् भने जिसी रूपन्देही कमिटिका सक्रिय सदस्य भएको प्रहरीको दाबी छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments