Incident Reports

पैसा नदिएको रिसमा बालकको हत्या

2020-03-17

Lumbini, Rupandehi, Omsatiya, Ward 5

 रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ। ओमसतीया-५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो ।

बिहान करिब ११.३० बजे स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले रु चार सय छात्रवृत्ति रकम प्रदान गरेको थियो । सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए । उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताए। '

आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाई गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर हत्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन ।'- उनले भने । हत्याको आशङ्कामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । रासस

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Rupandehi

0 Comments