Incident Reports

बालिका बलात्कारका आरोपित जेल चलान l

2014-01-27

Arjun Basnet एक तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरी अनुसन्धान गरिरहेका दमक नपा-२ भूटानी शरणार्थी शिविर वेलडाँगी सेक्टर १ का २३ वर्षीय सुवास राई जिल्ला अदालत झापाले दिएको आदेशमा माघ १३ गते पुर्पक्षको लागि थुनामा गएका छन् । आरोपित राईले पुस १५ दिउँसो ल्होसार पर्व मनाएर साथीसँग घर फर्किरहेकी पीडित बालिकालाई दमक नपा-२ कै हम्सेदुम्से सामूदायिक वनको जङ्गलमा बलात्कार गरेका थिए । घटनापछि पीडित परिवारले आरोपित विरुद्ध सोही दिन प्रहरीमा उजुरी गरेपछि तत्कालर् इलाका प्रहरी कार्यालय दमकको टोलीले गिरफ्तार गरी बलात्कार मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । पीडीत बालिकाको पुस १६ गते मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला अदालत झापामा भएको थुनछेकको सुनवाईकोक्रममा पुर्पक्षको लागि थुनामा राख्ने आदेश भए बमोजिम आरोपितलाई कारागार शाखा झापामा लगि प्रहरीले थुनामा राखेको आरोपितका कानून व्यावसायी अधिवक्ता चित्रबहादुर मगरले बताए । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis