Incident Reports

घर निकाला गरिएकी महिला अलपत्र l

2014-01-28

Gandaki, Baglung, Baglung

Shiva Prasad Dhungana अधेरी नारायणस्थान गाविस-३ जोगीडाँडाकी ३० वर्षीया सरिता गिरीलाई सासू र जेठानीले कुटपिट गरी घर निकाला गरेपछि अलपत्र भएकी छन् । पति ३५ वर्षीय सानुबाबु गिरीले दोस्रो विवाह गरेर हिँडेपछि सासू नरमाया गिरी र जेठानी भुपमाया गिरीले कुटपिट गरी घर निकाला गरेको आरोपमा पीडितले माघ १० गते महिला तथा बालबालिका कार्यालयमा उजुरी दिएकी छन् । दुई छोरा र एक छोरीको जनम भएपछि पतिले कुटपीट गरेर नागरिकता र विवाह दर्ता समेत नगरी असोज ११ गते दोस्रो विवाह गरेर जागिरमा सँगैलिएर गएपछि सासूले कुटपिट गरेर निकाला गरेको उनले जानकारी दिइन् । घरबाट निकालेपछि छिमेकीको घरमा बसे पनि त्यहाँबाट समेत कुटपिट गरेकाले पीडितले स्थानीय सूर्यबहादुर बानियको सहयोगमा उजुरी दिएको महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख सरिता तामाङले बताइन् । निवेदनमा पटक/पटक कुटपिट गरी घर निकाला गरेको र पतिले विवाह दर्ता, नागरिकता नबनाइदिएको, सासू र जेठानीले घर निकाला गरेकाले पतिको आधा तलब र अङ्श दिलाइदिन माग गरिएको छ । उजुरीपछि जिल्ला प्रशासन कार्यालय मार्फ सक्कलै उजुरी प्रहरी कार्यालय पठाएर कारबाही प्रकृया अगाडि बढाइएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis