Incident Reports

छोरी बलात्कार गरेको आरोपमा गिरफ्तार l

2014-02-01

Prakash Chandra Bhattarai बेलचौतारास्थित इलाका प्रहरी कार्यालयले एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०७० माघ १८ गते पीडित बालिकाकै बुवालाई गिरफ्तार गरेको छ । पीडित बालिकाको आमाको जाहेरीको आधारमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा कोही नभएको मौका पारी आरोपितले छोरीलाई माघ १६ गते आफ्नै घरमा बलात्कार गरेका थिए । बालिकाको माघ १७ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो । गिरफ्तार आरोपितलाई इलाका प्रहरी कार्यालय बेलचौतारामा राखिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis