Incident Reports

चक्कु प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-20

Gandaki, Myagdi, Annapurna, Ward 3

छिमेकीलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण बहादुर बसेललाई सोही ठाउँस्थित महभिरमा मह काड्न गएको अवस्थामा दुर्गा प्रसादले चक्कु प्रहार गरी घाइते बनाएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । 

चक्कु प्रहारबाट घाइते भएका बसेललाई प्राथमिक स्वास्थ्य केन्द्र भुरुङ तातोपानी हुँदै थप उपचारका लागि बेनी अस्पतालतर्फ रिफर गरिएको छ ।    

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports