Incident Reports

पुलिस फायरिंग मा एक को मृत्यु

2014-02-06

Madhes, Mahottari, Sonama

Ishwari Kaphle सोनमा गाविस-५ मा एक युवकको माघ २३ गते बिहान प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ । अन्दाजी २४/२५ वर्षका देखिने युवकको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी रामप्रसाद श्रेष्ठले बताए । प्रहरीले जनाए अनुसार गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नासाथ प्रहरीलाई लक्षित गर्दै गोली चलाएकोले जवाफी कारबाहीमा पहिचान नखुलेका युवकको मृत्यु भएको हो । उनीहरू १० जनाको सङ्ख्यामा रहेका र एकको मृत्यु भएपछि अन्य भागेको प्रहरीको भनाई छ । मृतकको साथबाट एक पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरीले तीन राउण्ड पेस्तोलबाट र चार राउण्ड राइफलबाट गरी सात राउण्ड गोली प्रहार गरिएको एसपी श्रेष्ठ बताए । गोली प्रहराबाट मृतकको छाती, पेटलगायत शरीरको माथिल्लो भाग छियाछिया भएको प्रत्यक्षदर्शीले बताएका छन् । यसअघि माघ १९ गते भारतीय सिमावर्ती गाविस हलखोरीमा पनि प्रहरीबाट एक जना युवकको मृत्यु भएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis