Incident Reports

सशस्त्रको ब्यारेकभित्र दुई इन्स्पेक्टरले कुटे डिएसपी

2020-04-22

रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका छन्। 

बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका थिए। कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ।

‘यस घटनाका बारेमा हामीले छानविन गर्न निर्देशन दिइसकेका छौँ’ सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले भने। 

छानविन गर्न सशस्त्रले छानविन समिति बनाएको उनले बताए। इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान छ। डिएसपी शाहीलाई कुनै चोट भने नलागेको श्रेष्ठले बताए।

‘आवेशमा आएर हातपात गरेको हुन सक्छ,’ उनले भने, ‘अब मापसे गरेको छ वा छैन भन्ने छानविनको प्रतिवेदनले भन्ला।’ उनीहरूलाई विभागीय कारबाही हुने उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports