Incident Reports

बाल बिवाह गर्ने केटा पक्ष पक्राउ

2020-04-22

Madhes, Bara, Mahagadhimai, Ward 11

बिश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको अवस्थामा बारामा बाल बिवाहको घटना सार्वजनिक भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी जब्दीमा बाल बिवाह सोमबार सम्पन्न भएको घटना सार्वजनिक भएको छ । महागढीमाई नगरपालिकाको वडा नम्बर ११ मधुरि जब्दी निवासी सियाराम यादवको १५ वर्षिय छोरी रिन्कु कुमारी यादवको बिवाह सुवर्ण गाउँपालिका ६ निवासी देबिलाल राउत अहिरको छोरा राकेश प्रसाद यादवसंग भएको हो ।

प्रहरी चौकी बरियारपुरको प्रहरी सहायक निरीक्षक राजकुमार यादव र वडा अध्यक्ष शंकर यादवले केटि पक्षको घरमा पुगेर बाल बिवाह नगर्न सल्लाह सुझाव दिदा पनि केटा केटि पक्षले एक घन्टामै बाल बिवाह सम्पन्न गराएको थियो । बिवाहको कुनै तयारी नरहेको , बिवाह मण्डम पनि नबनाईएको अवस्था हामी घरमा भेटे वडा अध्यक्ष यादवले बताए । बाल बिवाह गरेकी केटि कक्षा ८ सम्म पढेकी र दुई बर्ष देखि पढाइ छोडेर घरमै बसेको थियो । 

सोमबार राती केटा पक्षले टेम्पु लिएर आएको बिहे गरि केटि लगेको स्थानीयहरुले बताए । बाल बिवाह गर्ने केटा पक्षको बुवा देबिलाल राउत अहिर र छोरा राकेश यादवलाई बाल बिवाह मुदामा पक्राउ गरिएको बाराको प्रहरी उपरीक्षक कृष्ण पंगेनिले जानकारी दिए । बाल बिवाह गर्ने गराउने केटा केटि दुबै पक्षलाई कार्वाही गरिने तथा थप अनुसन्धान भैइरहेको प्रहरी प्रमुख कृष्ण पंगेनिले बताए ।

National/Online Media

0 Comments