Incident Reports

जातीय छुवाछुतका आरोपित शिक्षक गिरफ्तार l

2014-02-11

Karnali, Dailekh, Thantikandh

Yagya Raj Thapa जातीय छुवाछुत मुद्दाका मुख्य आरोपितलाई जोगाउन खोजेको आरोपमा प्रहरीले विशाला गाविस-१ निवासी कृष्ण निमावि माझखर्कका शिक्षक भक्तबहादुर भण्डारीलाई माघ २८ गते गिरफ्तार गरेको छ । जातीय विभेद मुद्दाका आरोपित छोरी साधना भण्डारी र पत्नी बसना भण्डारीलाई जोगाउन खोजेपछि प्रहरीले भण्डारीलाई घरबाट गिरफ्तार गरेको दलित अधिकारकर्मी तथा पत्रकार अमर सुनारले बताए । घर नजिकैको सार्वजनिक धारामा पानी लिन गएको समयमा ०७० पुस ३ गते सोही ठाउँकी ५५ वर्षीया पाना नेपालीलाई पानीको पाईप छोएको आरोपमामा तल्लो जाती भनी होच्याउदै कुटपिट गरेको भन्दै पीडितले ०७० पुस १९ गते जातीय विभेद सम्बन्धी मुद्दा प्रहरीमा दर्ता गराएकी थिइन् । मुद्दा दर्तापछि प्रहरीले आरोपितहरू गिरफ्तार गर्न जाँदा तीन पटकसम्म शिक्षक भण्डारीले पत्नी र छोरीलाई लुकाएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रज्वल महर्जनले पीडितको जाहेरीको आधारमा आरोपितहरूको खोजी कार्य भइरहेको अवस्थामा शिक्षक भण्डारीले नै आरोपितहरूको संरक्षण गरेको देखिएकाले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जानकारी दिए । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis