Incident Reports

सरकारको विरोधमा नेविसंघको मसाल जुलुस

2020-04-30

Bagmati, Chitawan, Bharatpur, Ward 1

चितवन । नेपाल विद्यार्थी संघ चितवनले आज साँझ मसाल जुलुस निकालेको छ ।  

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनको मौका छोपी कोरोना नियन्त्रणभन्दा  सरकारको  ध्यान राजनीति तर्फ केन्द्रित भएको भन्दै यसको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको हो ।  

 भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताल भएको अनियमितताका बिषय र सांसद अपहरण जस्ता विषयमा सरकार जिम्मेवार र गम्भिर नभएको नेबिसंघको आरोप छ । नेविसंघ चितवनका नेता परमेश्वर खनालको नेतृत्वमा गरिएको प्र्रदर्शन भरतपुर महानगरपालिका वडा नम्बर १० को नहरचोकबाट निस्किएको मसाल जुलुस बिशालचोक पुगेर कोण सभामा परिणत भएको थियो ।  

कोण सभालाई सम्बोधन गर्दै नेविसंघ नेता खनालले सरकारले जनतालाई बिश्वासघात गरेको आरोप लगाए  । सरकार अहिले संकटको घडीमा राजनीति  गरेर बस्न चाहेको भन्दै उनले प्रधानमन्त्री  ओलीको राजीनामा माग गरे ।  

प्रधानमन्त्रीले  नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको जोड थियो  । अहिलेको सरकारकाले भ्रष्टाचारीको संरक्षण गरेको र अपराधिलाई जोगाएको उनको भनाई थियो ।  

भरतपुरमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालमा भएको अनियमितता र चोरीको घटनाको सत्य तथ्य छानबिन गर्न समेत विद्यार्थीले माग गरेका थिए  ।  

सो अबसरमा नेविसंघ चितवनका बिद्यार्थी नेताहरु कृष्ण वगाले, बसन्त गैरे, राजेश भूषाल लगायत विद्यार्थीहरुले  सरकारको तीब्र आलोचना र विरोध गर्दै मसाल जुलुस निकालेका हुन । आज बिहान पनि कोरोना बिशेष अस्पतालको अनियमितताको बिषयमा तत्काल र अनुसन्धानको माग गर्दै भरतपुरको चौबीसकोठीमा प्रदर्शन नेविसंघले प्रर्दशन गरेको थियो ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons Fire
Primary Cause Other political issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments