Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्ने आरोपित गिरफ्तार l

2014-02-11

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा कदमवास गाविस-१ का २८ वर्षीया मिश्रीमायाँ श्रेष्ठ सोही ठाउँका ४६ वर्षीया नन्दमायाँ श्रेष्ठ, ६१ वर्षीय लोकबहादुर श्रेष्ठ र ६४ वर्षीय जुजुमान श्रेष्ठलाई माघ २८ गते प्रहरीले गिरफ्तार गरेको छ । कदमवास गाविस-१ की ६८ वर्षीया मोहनमायाँ श्रेष्ठलाई माघ २१ गते बेलुका घरमा एक्लै बसेको बेला बोक्सीको आरोपमा आरोपितहरूले कुटपिट गरी घाइते बनाएका थिए । पीडितको माघ २२ गते काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भयो । पीडितले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । घटना विवरण अनुसार २८ वर्षीया मिश्रीमाया श्रेष्ठ बिरामी भएपछि उनलाई उपचारको लागि धामी ६४ वर्षीय जुजुमान श्रेष्ठकोमा पुर्‍याइएको थियो । धामीले मोहन मायाँले बोक्सीको मन्त्र लगाएर बिरामी गराएको भनेपछि आरोपितहरूले पीडितको घरमा गएर कुटपिट गरेका थिए । आरोपित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि हिरासतमा राखेको डीएसपी भरतबहादुर बोहराले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis