Incident Reports

जबर्जस्ती चोरी कबोल गराउन प्रहरीबाट चरम यातना

2020-05-06

Province 1, Sunsari, Barju, Ward 5

सुनसरी बर्जु गाउँपालिका–५ का एक युवालाई जबर्जस्ती चोरी कबोल गराउन प्रहरीले चरम यातना दिएर शख्त घाइते बनाएको छ । लकडाउनको समयमा गाउँमा भइरहेको चोरी कबोल गराउन प्रहरी चौकी चिमडीका प्रहरीले बर्जु गाउँपालिका–५ का मनिकलाल पण्डितलाई चरम यातना दिँदै शख्त घाइते बनाएको हो । 

प्रहरीको कुटपिटबाट सिकिस्त घाइते मनिकलालको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको गालाको हड्डी र खुटामा गहिरो चोट लागेको छ । सोमबार साँझ उपचारका लागि भर्ना भएका मनिकलालले अझै एक हप्ता अस्पतालमै बस्नुपर्ने छ ।  

मनिकलालसँगै प्रहरीले चोरी आरोपमा दीपनारायण, पर्शुराम, लालगी पण्डितलाई पनि पक्राउ गरेको थियो । तर उनीहरूलाई सामान्य कुटपिट गरेर छोडिदिएको स्थानिय सन्तोष पण्डितले बताए ।

मनिकलालका दाजु धनिकलालका अनुसार स्थानीय रामेश्वर यादवको पानी तान्ने पम्प (मटर) हराएको उजुरी इलाका प्रहरी बर्जुमा परेको थियोे । सोहीबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई थानामा बोलाएको थियो । मनिकलालसहित चार जना आइतबार आफैँ थाना पुगेका थिए । 

थानामा पुगेपछि उनीहरू सबैलाई नियन्त्रणमा लिएर सई नगेन्द्र थानेदारको निर्देशनमा प्रहरीले बुट र लाठी अनि मुड्कीले चोरी कबोल गराउन भन्दै यातना दिए । र, साँझ चोरी आरोपमा ५ हजार जरिवना गराउँदै पछि तिर्नेगरी घाइते अवस्थामा छोडिए । 

प्रहरीको यातनाबाट सिकिस्त घाइते भएका मनिकलाल पीडा सहन नसकेपछि विराटनगर आएर गोल्डेन अस्पतामा सोमबार भर्ना भए । एक्सरे रिर्पोटबाट गाला र खुट्टामा भित्रि चोट देखाएको छ । 

मटर धनीसँगको मिलेमतोमा चिमडी प्रहरी चौकीका सई नगेन्द्र थानेदारले कबुल गराउन कुटपिट गरेको स्थानीय रामचन्द्र पण्डित बताउँछन् । ‘कबुल नगरे फेरि यातना दिने र महिनौँ खोरमा सडाइदिने भन्दै थानेदारले धम्क्याउँदै कुटपिट गरेका थिए’, रामचन्द्रले भने । 

आइतबार साँझ भिनाजु हरिनाथ पण्डितले तोकिएको जरिवना तिर्न मन्जुरी गर्दै घाइते मनिकलाललाई जिम्मा लिएका थिए । प्रहरीले पक्राउ गरका कोही पनि मानिसलाई कुनैपनि प्रकारको यातना दिन पाउँदैन । 

अर्को सोधपुछको बहानामा चरम यातना दिएर घाइते बनाइएका मनिकलालाई प्रहरीले न त उपचार गर्न अस्पताल नै भर्ना गरायो न त चोरीको आरोपमा मुद्दा नै दर्ता गराए ।   

चिमडी प्रहरी चौकीका सई नगेन्द्र थानेदारले भने घटनाको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । पटक–पटक सम्पर्क गर्दा उनले भने, ‘मलाई जरुरी फोन आयो म पछि कुरा गर्छु ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments