Incident Reports

सामान्य विषयमा भनाभन हुँदा चन्द्रपुरमा झडप, आठ जना घाइते

2020-05-08

Madhes, Rautahat, Chandrapur, Ward 7

रौतहट — लकडाउनकै बेला जिल्लाको चन्द्रपुर–७ नयाँबस्तीमा बिहीबार दुई पक्षबीच झडप भएको छ । पुरानो विवाद मिलाउन छलफल चलिरहेको बेला झडप भएको हो । झडपमा ८ जना घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । इलाका प्रहरी चन्द्रनिगाहपुरले घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

पुरानो झगडाको विषयमा छलफल गर्ने क्रममा झडप भएको हो । स्थानीय बिगु सहनी र विजय महतोबिच समन्य विवाद हुँदा झडपको अवस्था आएको हो । दुवै सहनी र महतो टोलका हुन् । विवाद साम्य पार्न छलफल चलिरहेका बेला भनाभन भएपछि लाठी र धारिलो हतियार निकालेर दुवै पक्ष एक आपसमा भिडेका थिए । झडपमा सहनी टोलका ३ र महतो टोलका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको हात, टाउकोमा चोट लागेको छ । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरीका अनुसार झडपमा अनुप सहनी, राधे सहनी, फुलकुमारी देवी, मुखा महतो, रामेश्वर राय यादव, राजेन्द्र महतो, अनिया देवी र अञ्जली महतो घाइते भएका छन् । झडप लगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुर सशस्त्र बेस सन्तपुरबाट सुरक्षाकर्मी पुगेर स्थिति समान्य पारेको थियो । समान्य विषयलाई लिएर दुवै पक्षबीच झडप भएको इलाका प्रहरीका डीएसपी हेमबहादुर शाहीले बताए । ‘घटनामा संलग्न केहीलाई पक्राउ गरेका छाैं’ उनले भने, ‘घटनाको मुख्य जड भनिएका व्यक्ति फरार छन् । उनको खोजी भइरहेको छ ।’ झडप भएको टोलमा सहनी र महतोबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताए । 

घाइतेको हात, टाउकोमा चोट लागेको छ । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरीका अनुसार झडपमा अनुप सहनी, राधे सहनी, फुलकुमारी देवी, मुखा महतो, रामेश्वर राय यादव, राजेन्द्र महतो, अनिया देवी र अञ्जली महतो घाइते भएका छन् । झडप लगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुर सशस्त्र बेस सन्तपुरबाट सुरक्षाकर्मी पुगेर स्थिति समान्य पारेको थियो । समान्य विषयलाई लिएर दुवै पक्षबीच झडप भएको इलाका प्रहरीका डीएसपी हेमबहादुर शाहीले बताए । ‘घटनामा संलग्न केहीलाई पक्राउ गरेका छाैं’ उनले भने, ‘घटनाको मुख्य जड भनिएका व्यक्ति फरार छन् । उनको खोजी भइरहेको छ ।’ झडप भएको टोलमा सहनी र महतोबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताए ।  

झडप लगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुर सशस्त्र बेस सन्तपुरबाट सुरक्षाकर्मी पुगेर स्थिति समान्य पारेको थियो । समान्य विषयलाई लिएर दुवै पक्षबीच झडप भएको इलाका प्रहरीका डीएसपी हेमबहादुर शाहीले बताए । ‘घटनामा संलग्न केहीलाई पक्राउ गरेका छाैं’ उनले भने, ‘घटनाको मुख्य जड भनिएका व्यक्ति फरार छन् । उनको खोजी भइरहेको छ ।’ झडप भएको टोलमा सहनी र महतोबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 8
Female Injured 5
National/Online Media

0 Comments

Related Reports