Incident Reports

नेपाल छिर्न रोकेपछि बारामा रहेको सशस्त्र प्रहरी पोष्टमा भारतीयहरुद्वारा तोडफोड

2020-05-07

Madhes, Bara, Suwarna, Ward 2

बारा - बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् ।

सुवर्ण गाउँपालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनु भयो ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी गराउनु भयो ।

अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुग्नु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports