Incident Reports

बालकमाथि कुटपिट, उजुरी दर्ता

2020-05-06

Karnali, Dailekh, Aathabis, Ward 3

आठबीस नगरपालिका–३ साईंका १० वर्षीय बालक आकाश नेपालीलाई छिमेकी २८ वर्षीय राजबहादुर शाहीले वैशाख २४ गते कुटपिट गरेका छन् । कुटपिटबाट नेपालीको देब्रे हात भाँचिएको बालकका बुबा करबीर नेपालीले जानकारी दिनुभयो ।

घर नजिकै कर्णाली नदीमा माछा मार्न गएका बालबालिकाहरुवीच भएको विवादको विषयलाई लिएर अभिभावककै सामु बालकलाई आरोपित शाहीले कुटपिट गरेको पीडित पक्षको भनाई छ । पीडित बालकको स्थानीय मेडिकलमा हात प्लास्टर गरिएको छ । बालक अहिले घरमै छन् ।

घटनाको विषयमा उजूरी प्राप्त भएको, पीडकलाई बालकको उपचार गर्न लगाइएको प्रहरीको भनाई छ । थप अनुसन्धान गरी आवश्यक कारवाही गरिने इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज सई भरत भण्डारीले जानकारी दिनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments