Incident Reports

भूमि फिर्ताको माग सहित नेवि संघको प्रदर्शन

2020-05-10

मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघ पूर्वि नवलपरासीले कावासोतीमा भारत विरुद्ध प्रदर्शन गरेको छ ।

कोरोनाको सन्त्रास विच विद्यार्थीहरुले सामाजिक दुरी कायम गर्दै हात हातमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेकाहुन् ।

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गरि सक्दा कानमा तेल हालेर बस्ने सरकारी रवैया प्रति विद्यार्थीहरुले रिस प्रकट गरेकाछन् ।

विद्यार्थीहरुले आफूहरुको आन्दोलन सांकेतिक भएको जनाउदै नेपाल सरकारसंग भारतद्धारा मिचिएको नेपाली भूमि अविलम्व फिर्ता गर्न प्रभावकारी कुटनैतिक पहल थाल्न माग गरेकाछन् ।

आफ्ना मागलाई सरकारले वेवास्ता गरी चुप बसिरहे आफ्नो संगठन भूमि फिर्ताका लागि जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने विद्यार्थीहरुको चेतावनी रहेको छ ।

सरकार विरुद्ध चर्का नाराबाजी सहित गएिको विरोध प्रदर्शनमा नेवि संघका केन्द्र देखि जिल्ला तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments