Incident Reports

सीमा अतिक्रमणविरुद्ध जनमाेर्चाद्वारा नवलपरासीमा प्रदर्शन

2020-05-13

काठमाडाैं-  भारतले नेपाली भूमि अतिक्रमण गरेकाे विराेधमा राष्ट्रिय जनमाेर्चा नेपालले विभिन्न जिल्लामा प्रदर्शन गरेकाे छ। जनमाेर्चाले बुधबार नवलपरासी र पाल्पामा विराेधका कार्यक्रम गरेकाे हाे। नवलपरासीकाे सुनवल चोकमा भएकाे विराेध कार्यक्रममा सहभागीहरुले नेपाली भूमि फिर्ता ल्याउन अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन्। जनमोर्चा नवलपरासीका अध्यक्ष कृष्णबहादुर अधिकारी, जिल्ला सल्लाहकार तिलक सुबेदी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता धनपति सापकोटालगायतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि सरकारले नेपाली भूमि फिर्ता ल्याउनुपर्ने बताए।राष्ट्रियता र सीमा आतिक्रमणविरुद्ध जनस्तरबाट दुई तिहाईकाे सरकारलाई दबाब दिनु आवश्यक रहेको उनीहरुले बताए। यस्तै, राष्ट्रिय जनमोर्चा पाल्पाले पनि बुधबार तानसेनमा विराेध प्रदर्शन गरेकाे छ। दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि निषेधित क्षेत्रमा सीमा हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेपसमेत गरेकाे थियाे। 

राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य सोमकुमार कार्की, जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, अखिल नेपाल युवक संंघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, अखिल छैठाैंका केन्द्रीय सदस्य सुदिप पौडेललगायत विराेध प्रदर्शनमा सहभागी थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Rastriya Janamorcha
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments