Incident Reports

कैदी नाइकेले आगन्तुक स्वागत् गर्दै कुटेपछि…

2020-05-11

थुनुवा वा कैदी नाइकेबाट नयाँ आगन्तुक थुनुवा र कैदीबन्दीको कुटाईबाट स्वागत हुने गरेको छ । प्रहरी कार्यालयको हिरासतमा होस वा कारागारमा नयाँ प्रवेशीले कुटाई खाने गरेका छन् । यो प्रचलन नयाँ होइन विगतदेखि यो विकृतिलाई परम्परागत जस्तै बनाइएको छ । अनुसन्धानकाे क्रममा प्रहरी हिरासतमा राखिने थुनुवा हुन भने पुर्पक्ष वा कैद भुक्तान गर्न कारागार चलान भएका कैन्दीबन्दी हुन ।

नयाँ आउने थुनुवा वा कैदीबन्दीलाई नाइकेले सुरुमा कुटने र उसकै आदेशमा भित्र भएका पुराना अरुले पनि पालैपालो कुटने गरेका छन् । उनीहरुले नयाँ आउनेलाई अनुशासन सिकाउँने भन्दै कुटपिट गर्ने गरेका छन् । पुराना थुनुवा र कैदीबन्दीकै विचबाट नाइके छनौंट गरिन्छ । प्रहरी हिरासतमा र कारागारमा रहेका धेरै थुनुवा मध्ये प्रहरी प्रशासनसंग डिल गर्न सक्ने, आफना कुरा राख्न सक्ने, अलि ठुलो ज्यान भएको, बलियो मध्येबाट नाइके छनौंट गरिन्छ । थुनुवा वा कैदी बन्दिका नाइकेबाट आगन्तुकलाई कुटपिट गरी स्वागत गर्ने गरिएको छ । जिल्ला कारागार सुर्खेत गएका आठ जना नयाँ कैन्दीबन्दीको स्वागतपनि कुटाईबाटै भएको छ । कारागारका कैन्द्री नाइके–सहनाइकेलगायत आठ कैदीले लागूऔषध कारोबारमा पुर्पक्षका लागि थुनामा रहेका वीरेन्द्रनगर–९ लाटीकोइलीका मिलन लामासहित ६ जना कैदीमाथि सोमबार कुटपिट गरेका हुन् । 

कारागार प्रशासनका अनुसार धीरज पराजुली, नवराज देवकोटा, सुनिल मल्ल, डीलबहादुर सुनार, टोपबहादुर रोकाया, डम्बर भण्डारी, शिव वस्नेत र हितेन्द्र मल्लले लामासहित ६ कैदीमाथि कुटपिट गरेका हुन् । कैन्दी नाइके र सहनाइकेको कुटपिटबाट कैदीबन्दी प्रकाश बुढाको खुट्टा भाँचिएको परिवारको आरोप छ । कारागार प्रशासनले आरोप अस्वीकार गरेपनि नाइके र सहनाइकेबाटै स्वागत र अनुशासन सिकाउने नाममा गम्भिर चोटपटक लाग्ने गरी कुटपिट भएको परिवारको दावि छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Surkhet

0 Comments

Related Reports