Incident Reports

बालिका बेचविखनका आरोपित गिरफ्तार l

2014-02-23

Province 1, Jhapa, Damak

Sukdev Chaudhary दुई जना १८ वर्षीया बालिकाहरुलाई भारतमा बेचबिखन गर्न लाँदै गरेको आरोपमा झापा जिल्ला दमक नपा-१ का १९ वर्षीय अश्विन बरुवाललाई फागुन ११ गते इलाका प्रहरी कार्यालय रानीले गिरफ्तार गरेको छ । उनीहरु सबैलाई केआई नेपाल नामक संस्थाका कर्मचारीहरुको सहयोगमा इलाका प्रहरी कार्यालय रानीले भारतको जोगवनी स्थित रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको जनाइएको छ । बालिकाहरुलाई सोही दिन आफन्तको जिम्मा लगाईको प्रहरीले जनायो । गिरफ्तार बरुवाललाई म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउने इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर अनिल पौडेलले बताए । सुकदेब चौधरी

0 Comments