Incident Reports

बलात्कार प्रयास गर्नेलाई चार वर्षकैद सजाय l

2014-02-21

Bagmati, Kabhrepalanchok, Khanikhola

Bhoj Raj Timilsina जिल्ला अदालत काभ्रेका न्यायाधिस इश्वरराज आचार्यको फागुन ९ गते बसेको इजलासले एक दलित बालिकालाई बलात्कार प्रयास गर्ने महादेबस्थान गाविस-१ डाँडागाउँका २४ वर्षीय गौतम राइलाई चार वर्षकैद सजायको फैसला सुनाएको छ । सोही ठाँउकी एक १३ वर्षीया बालिकालाई ०७० कात्तिक २० गते साँझ मादकपदार्थ खाएर पानी खाने बहानामा घरभित्र प्रवेस गरी बलात्कार प्रयास गरेको भनी पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले आरोपित राइलाई कात्तिक २१ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा मङ्सिर १६ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको थियो । पीडित बालिकाको कात्तिक २१ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरी आरोपितलाई सरकारी वकिलको कार्यालयमार्फ मङ्सिर ११ गते अदालत पेश गरिएको थियो । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis