Incident Reports

बैतडीमा मेयरले कर्मचारी कुटे, पीडितमाथि उल्टै दुर्व्यवहारको मुद्दा

2020-05-18

Sudurpashchim, Baitadi, Purchaudi

बैतडीको पुर्चौडीमा मेयरले हुलाकका कर्मचारमाथि कुटपिट गरेको आरोप लागेको छ। पुुर्चौडी नगरपालिकाका मेयर रणबहादुर कुँवरले ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि कुटपिट गरेको आरोप लागेको हो। पुर्चौडीका स्थानीय समेत रहेका धानुकसँग भएको समान्य विवादका क्रममा मेयर कुँवरले कुटपिट गरेको पीडितका छोरा रमेश धानुकले आरोप लगाए।

उनले बैशाख १ गते सेवाबाट राजिनामा दिएका धानुकसँग विगतदेखि व्यक्तिगत रिसिबीलाई लिएर मेयरले कुटपिट गरी उल्टै प्रहरी मार्फत पक्राउ गर्न लगाएको बताए। मेयरको कुटपिटबाट घाईते भएका धानुकलाई अहिले ईलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरेको छ। धानुकमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धनदेव साउँदले धानुकलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको बताए। जिल्ला अदालतबाट म्याद थप गरी धानुकमाथि अनुसन्धान थालिने प्रहरी निरिक्षक साउँदले बताए। मेयरले धानुकलाई कुटपिट गरेको कुरा भने प्रहरीलाई कुनै जानकारी नभएको दावी उनको थियो।

प्रहरीमाथि पनि मेयरले कुटपिट गरेको स्थानीय दावी

मेयर कुँवरले हुलाकका कर्मचारीमाथि कुटपिट गर्दा नियन्त्रणमा लिन खोज्ने प्रहरी अधिकारीमाथि समेत कुटपिट गरेको आरोप लागेको छ। ईलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी हवलदार मंगलबहादुर रोकायामाथि समेत कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन्।

प्रहरी हवलदार रोकायाले कर्मचारीलाई कुटपिट गर्ननहुने तर उनको कुनै गल्ती भए कानून अनुसार कारवाही हुन्छ भन्दा उल्टै हवलदारमाथि हातपात गरी कुटपिट गरेको पीडित पक्षले बताएका छन्। कुटपिट भएपछि पुर्चौडी क्षेत्रमा डिउटीमा खटाईएका प्रहरी हवलदार रोकाया असुरक्षा भएको भन्दै पाटन फर्किएका छन्।

तर ईलाका प्रहरी कार्यालय पाटनले भने उक्त कुराको बचाउ गरेको छ। प्रहरी निरिक्षक साउँदले आफ्ना हवलदारमाथि मेयरले हातपात र कुटपिट गरेको विषयमा जानकारी नभएको दावी गरे।

पुर्चौडी क्षेत्रको सुरक्षाका लागि खटिएका प्रहरी हवलदार घटना लगत्तै फर्किनुको कारणमा भने उनले हवलदारसँगै अन्य प्रहरीहरु समेत फर्किएको जिकिर गरेका छन्।

हुलाकका कर्मचारी र प्रहरीमाथि कुटपिट गरेको आरोपका विषयमा प्रतिक्रिया लिन मेयर रणबहादुर कुँवरसँग पटक पटक टेलिफोन गर्दा पनि उनले फोन उठाएनन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports