Incident Reports

विद्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

2020-05-16

Gandaki, Baglung, Tara Khola, Ward 3

बागलुङको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालय तोडफोड गर्ने दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जेठ ३ गते विद्यालय तोडफोड गरेको आरोपमा सोही ठाउँका तिलक कार्की र विद्यालयका पूर्व शिक्षक रेशम खत्रीलाई जेठ ४ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्स्पेक्टर हेम केसीले जानकारी दिनुभयो ।

विद्यालय भवन र ढलको अनुगमन गर्न पुगेको इन्जिनियर सहितको टोलीले विद्यालय तोडफोड भएको देखेका थिए । विद्यालयको ढोका खोलेर हेर्दा दराजको चाँबी फोडेर महत्वपूर्ण कागजपत्र पनि सबै लगिएका थिए ।

विद्यालय व्यवस्थापन समितिले घटनाको तत्काल छानबीन गर्न ईलाका प्रहरी चौकी ताराखोलामा खबर दिएको प्रहरी चौकी ताराखोलाका इन्चार्ज युवराज सलामी मगरले बताउनुभएको थियो ।

प्रहरीले शङ्काको आधारमा विद्यालयका पूर्व शिक्षक रेशम खत्री र स्थानीय तिलक कार्कीको घरमा छापा मार्दा कार्कीको कोठाबाट विद्यालयको कागजपत्र भेटेपछि उनीहरूलाई जेठ ४ गते गिरफ्तार गरी ईलाका प्रहरी कार्यालय ताराखोलामा राखिएको थियो ।

आरोपितहरूलाई जेठ ६ गते जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइ घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्स्पेक्टर केसीले जानकारी दिनुभएको छ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports