Incident Reports

क्‍वारेन्टाइनमै कुटपिट, एकजना घाइते

2020-05-23

Lumbini, Rupandehi, Kotahimai, Ward 4

तिलोत्तमा — रुपन्देहीको कोटहीमाई ४ मझगांवास्थित मझगांवा माविको क्‍वारेन्टाइनभित्र झगडा हुँदा एक जना घाइते भएका छन् ।

क्‍वारेन्टाइनमा एकै कोठामा बसेका ५ मध्ये ४ व्यक्तिले एकजनालाई कुट्दा उनी घाइते भएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए । 'पुस्तैनी विषयमा विवाद गरी झगडा गरेका रहेछन्', उनले भने, 'घाइतेलाई भैरहवा लगी सामान्य उपचारपश्चात अर्को क्‍वारेन्टाइनमा सारियो ।' अन्य ४ जनालाई ईलाका प्रहरी कार्यालय मझगांवामा क्‍वारेन्टाइन अवधि सकिएर निस्किएपछि सार्वजनिक मुद्दा लगाउने वा सुध्रिएमा एकपटकलाई माफी दिने गरी मुचुल्का बनाई पुन: क्‍वारेन्टाइनमै ल्याइएको घिमिरेले बताए । भारतबाट आएका उनीहरु क्‍वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेको छ । तर पीसीआर परीक्षण नहुँदा घर पठाउन नपाइएको उनले जनाए । प्रकाशित : जेष्ठ १०, २०७७ २१:३४

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports