Incident Reports

गाउँपालिकाका सुचना अधिकृत र कृषि जेटिएमाथि कुटपिट

2020-05-21

Karnali, Humla, Adanchuli, Ward 3

अदानचुली गाउँपालिकाका सुचना प्रबिधि अधिकृत २४ वर्षीय सुरेन्द्र फडेरा लगायत तीन जनालाई कांग्रेस समर्थक युवाको समुहले कुटपिट गरेका छन् । सोही गाउँपालिकाका कृषि जेटिए कमल नेपाली र वडा नम्बर–२ का स्थानीय मोहन फडेरालाई सोही गाउँपालिका–३ का विष्णु भण्डारी, अखिल भण्डारी लगायत नेपाली कांग्रेस समर्थक करीव १५ जनाको समूहले जेठ ९ गते कुटपिट गरेको पीडितले आरोप लगाउनुभयो ।

जेठ ९ गते दिउँसो ३ बजे कार्यालयमा कोरोना सम्बन्धी डाटा इन्ट्री गरी श्रीनगर ईलाका स्वास्थ्य चौकी जाने क्रममा उक्त समुहले कुटपिट गर्दा आफ्नो मोबाइल, हार्डडिस्क, क्यामेरा लगायतका सामग्री हराएको र फुटेको सुचना प्रबिधि अधिकृत फडेराको आरोप छ ।

गाउँपालिकाका कोभिड १९ फोकल पर्सन समेत रहेका फडेराले जेठ ९ गते नै अनलाइन मार्फत जिल्ला प्रशासन कार्यालय हुम्लामा उजुरी गर्नु भएको छ । किटानी जाहेरी आएमा कारवाहीको प्रकृया अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको भनाई छ ।

घाइते तीनै जनाको मुख र टाउकोमा गम्भीर चोट लागेको गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । हाल घाइतेको श्रीनगर इलाका स्वास्थ्य चौकीमा उपचार भैरहेको र थप उपचारको लागि कर्णाली प्रदेश सरकारसंग अनुरोध गरेको अध्यक्ष फडेराले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 1
INSEC

0 Comments

Related Reports