Incident Reports

कुटपिटबाट बालकको हात भाँचियो

2020-05-22

Karnali, Dailekh, Narayan, Ward 7

नारायण नगरपालिका–७ बिजौराका ७ वर्षीय बालक दशरथ पराजुलीलाई उनका बुबा भक्तिराम पराजुलीले जेठ ९ गते कुटपिट गर्दा देब्रे हात भाँचिएको प्रहरीले जनाएको छ ।

अब उप्रान्त कुटपिट नगर्ने भनी जेठ ११ गते प्रहरीमा कागज गराएर छोडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर नैनबहादुर सावदले जानकारी दिनुभयो । अभिभावकलाई थुनाएर पीडित पक्षले कारवाही गराउन नचाहेको कारण मिलापत्र गराइएको सावदले बताउनुभयो ।

प्रहरीका अनुसार अत्याधिक मदिरा सेवन गरी घर आएको बखत बालकले ढोका लगाएर तपाईं भित्र नपस्नुस् भनेपछि बालकलाई भक्तिरामले कुटपिट गरेका थिए । बालकको टाउको र पेटमा चोट लागेको छ भने स्वास्थ्य परीक्षण र उपचार दैलेख जिल्ला अस्पतालमा भएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments