Incident Reports

प्रहरीको गोली प्रहारबाट भुटानी शरणार्थी घाइते l

2014-02-28

Province 1, Jhapa, Damak

Arjun Basnet विभिन्न अपराधमा संलग्न भई फरार रहेका मोरङको पथरी भुटानी शरणार्थी शिविरका ३४ वर्षीय राम राई प्रहरीको गोली प्रहारबाट घाइते भएका छन् । उनलाई प्रहरीले गिरफ्तार गर्नेक्रममा प्रहरीको पेस्तोल खोस्न खोजेको आरोपमा प्रहरीले फागुन १६ गते दमक नपा-९ मा गोली प्रहार गरी घाइते बनाई गिरफ्तार गरेको छ । सादा पोशाकका प्रहरीले राईलाई दमककै चिया वगान भन्ने ठाउँबाट पिछा गर्दै आएकोमा दमक नपा-९ स्थित मालपोत कार्यालय नजिक आएपछि गिरफ्तार गर्न लाग्दा प्रहरीको पेस्तोल खोस्न खोजेपछि एक राउण्ड गोली प्रहरीको कम्मरमै पड्किएको थियो । त्यसपछि प्रहरीले गिरफ्तार गर्दा घम्साघम्सी भएपछि प्रहरीले हानेको गोली राईको बायाँ कोखामा लागेको थियो । राईलाई प्रहरीले गोली लागेपछि घाइते अवस्थामा गिरफ्तार गरी प्राथमिक उपभार दमककै लाईफलाईन अस्पताल र थप उपचार धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मुकुन्दराज आचार्यले बताए । राईको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड त्यसमा लाग्ने गोली पनि बरामद गरेको प्रहरीले जनाएकोछ । आईतसिंह पालुंवा भनिने राईविरुद्ध ०७० पुस ९ गते मोरङको सुन्दरपुर गाविस-६ का धनबहादुर तामाङ्को हत्या गरेको, ०६५ सालमा दमकको लक्ष्मी वैंक लुटेको, उर्लावारीमा सुन पसलमा डाका गरेको लगायतका विभिन्न अभियोगहरू रहेको प्रहरीको दावी छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis