Incident Reports

बलात्कारको गरेको आरोपमा जाहेरी l

2014-02-27

Province 1, Terhathum, Laligurans

Chhatra Rima सुङनाम गाविस-९ का ३० वर्षीय खगेन्द्रबहादुर रानामगरले २३ वर्षीया एक महिलालाई फागुन १४ गते बलात्कार गरेको आरोपमा पीडितले दिएको उजुरी प्रहरीले फागुन १६ गते दर्ता गरेको छ । पीडितले दिएको जाहेरीमा आरेापित मगरले पति नभएको अवस्थामा घरमा पसेर धारिलो हतियार देखाई हत्या गर्ने समेतको धम्की दिएर बलात्कार गरेको उल्लेख छ । पीडित महिलाले फागुन १५ गते आरोपितलाई कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएपछि आरोपित मगरलाई प्रहरीले तत्काल गिरफ्तार गरेको थियो । आरोपित मगरलाई फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा ल्याउने साथै जबर्जस्ति करणी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी प्रहरी निरीक्षक विष्णु खड्काले दिए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis