Incident Reports

इनार छोएको आरोपमा कुटपिटमा संलग्न आरोपितहरू विरुद्ध जाहेरी दर्ता l

2014-02-28

Madhes, Siraha, Golbazar

Durga Pariyar इनार छोएको आरोपमा चन्द्रोउदयपुर गाविस-७ का दलितहरूलाई कुटपिट गर्ने गैरदलीतहरू विरुद्धको जाहेरी इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन १६ गते दर्ता गरेको छ । पीडितहरूले जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ अन्तर्गत आरोपितहरूलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन १६ गते जाहेरी हालेका थिए । जाहेरीमा फागुन १२ गते श्यामदेवी सदा इनारमा पानी भर्ने क्रममा इन्जु देवी लामा र पूर्णी लामाले इनार छोड् भनेपछि भएको विवादमा गैरदलीत गाउँलेहरू हुल बनाई घर-घरमा पसेर दलीत परिवारहरूलाई कुटपिट गरेकोले आवश्यक कानुनी कारबाही गरी दिन पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन् । सोही गाविस-६ का विजय लामा, शारदा लामा, अशोक थापा, शिवा लामा, भुषण लामा, इन्जु देवी लामा, पुर्णी लामा तथा शान्ती लामा विरुद्ध पीडितहरूले जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीका अनुसार पीडितहरूको मुद्दा दर्ता गरी आरोपिहरूलाई गिरफ्तार गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाउने बताए । इन्सेक क्षेत्रीय कार्यालयद्वारा अनुगमन यसैबीच, सो घटनाको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले फागुन १६ गते स्थलगत अनुगमन गरेको छ । क्षेत्रीय संयोजक सोमराज थापाको नेतृत्वमा सिरहा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, दलित जनकल्याण युवा कल्बका कार्यकारी निर्देशक विनोदकुमार बिसुन्के, ओरेक नेपाल सिरहाका संयोजक नथुनी मंडल र सबरी संकल्प समाजका गुरु शरण सदा सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । स्थानीय पीडित दलित समुदायहरूले सोही गाविस-६ का गैर दलितहरूको इनारमा पानी सुके पछि ३६ घर दलित सदाय परिवारहरूको इनारमा गैर दलितहरू पानी भर्न आउने र हाम्रै इनारमा हामीलाई पानी भर्न कुरेर बस्नु पर्ने बाध्यता रहेको बताए । यसको विरोध गर्दा पटक-पटक उनिहरूले गालिबेइजती तथा हातपात गर्ने गरेको स्थानीय दिनेस सदायले अनुगमन टोलीलाई बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis