Incident Reports

बहुविवाहका आरोपित गिरफ्तार l

2014-03-04

Gandaki, Kaski, Annapurna

San Bahadur Thapa भदौरे तामागी गाविस-५ का २८ वर्षीय वीरेन्द्र गौतमलाई बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले फागुन २० गते गिरफ्तार गरी हिरासतमा राखेको छ । गौतमले सोही ठाउँकी २४ वर्षीया दीपिका भण्डारीसँग फागुन १६ गते बिन्दवासिनी मन्दिरमा बहुविवाह गरेको आरोपमा पत्नी २८ वर्षीया अनिता गौतमले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गराएकी थिईन् । आरोपित गौतमलाई प्रहरीले बहुविवाह अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाएको र कान्छी पत्नी फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो ।

0 Comments

Related Reports
Related Trend Analysis