Incident Reports

बाबुद्वारा सात वर्षीया छोरीलाई यौन दुर्व्यवहार l

2014-03-03

Lumbini, Kapilbastu, Buddhabhumi

Nandaram Paudel कपिलवस्तुमा एक ७ वर्षीया बालिकालाई आफ्नै बुवाले फागुन १८ गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । कक्षा एकमा अध्यनरत बालिका विद्यालयबाट घर फर्के लगतै आरोपितले ७ वर्षीया छोरीलाई कोठामा लगि ढोका लगाएर यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा पीडितकी आमाले देखेपछि घटना सार्वजनिक भएको हो । सो घटनापछि आरोपितले पत्नी र अर्को छोरालाई कुटपिट गरी फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यौन दुर्व्यवहार गर्ने आरोपित विरुद्ध पीडित बालिकाकी आमाले किटानी जाहेरी दिएकी हुन । पीडित बालिका सो घटनापछि मानसिक तनावमा रहे पनि उपचार तथा उद्धार हुन सकेको छैन । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis