Incident Reports

तुलसीपुरमा युवकको हत्या

2020-05-29

Lumbini, Dang, Tulsipur, Ward 9

तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ मैनामगरका २८ वर्षीय मन्दिप भुजेलको शुक्रबार राति हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले बताए ।

अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभूत विद्यालयको भवन पछाडि भुजेल शनिबार बिहान मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। उनको टाउकोमा घाउचोट रहेको डम्बरपालले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धानका क्रममा स्थानीय ३ जना युवालाई नियन्त्रणमा लिएको उनले बताए। भुजेलले अटोभिलेजमा काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports