Incident Reports

पति विरुद्ध मानाचामल मुद्दा दर्ता l

2014-03-05

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel राजविराज नपा-७ की ४० वर्षीया चाँदनी देवी झाले पति ४२ वर्षीय पंकज कुमार झा विरुद्ध जिल्ला अदालतमा भरणपोषणका लागि फागुन २१ गते मानाचामलको मुद्दा दर्ता गराएकी छन् । पीडितले राजविराज नपा-७ स्थित घरमासँगै राख्न वा खर्च दिन माग गर्दा नदिएकोले भरणपोषणका लागि मासिक ९ हजार पाँच सयका दरले मानाचामल भराइ पाउँ भन्दै उजुरी दिएको अदालतले जनाएको छ । ०५१ माघ १५ गते चाँदनीसँग विवाह गरेका पंकजले ०५६ वैशाख २४ गते झापा भद्रपुर नपा-८ की किरणदेवी झासँग दोस्रो विवाह गरेका थिए । पीडितले दिएको बहुविवाहको मुद्दामा पति र निजकी कान्छी पत्नीलाई सप्तरी जिल्ला अदालतले ०५७ माघ १३ गते एक हजार जरिवाना र एक महिना कैदको आदेश सुनाएको थियो । पीडितले ०६४ असार ८ गते पतिविरुद्ध दिएको अंश मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । पीडितको मागअनुसार जिल्ला अदालतले आरोपितसहित परिवारका सदस्यहरूको सम्पूर्ण सम्पत्ति विवरणको तायदाती फारम ०७० माघ २१ गते माग गरेको छ । पीडितले अदालती प्रकृया लामो भएकोले अंश मुद्दाको फैसला नहुञ्जेलसम्म खान, बस्न समस्या भएकोले खर्चका लागि मानाचामल मुद्दा दिएको उजुरीमा उल्लेख छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis