Incident Reports

सासुको हत्या गरेकाे आरोपमा बुहारी पक्राउ

2020-05-29

Gandaki, Nawalparasi East, Kawasoti, Ward 8

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितलचोक निवासी ८२ वर्षीया जसुदा अधिकारीको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन्। 

बुहारी ४० वर्षीया निरा खत्री अधिकारीलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा कारबाही अघि वढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। 

मृतकका छोरा अर्थात् आरोपी महिलाका पति चन्द्रकान्त अधिकारीले दिएको किटानी जाहेरीका प्रहरीले बुहारी निरालाई पक्राउ गरेर अनुसन्धान अघि वढाएको हो।

प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो। हत्याको घटनालाई लुकाउन बुहारी निराले ट्वाइलेट जाने क्रममा लडेर सासुआमा घाइते भएको भन्दै उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएकी थिइन्। अस्पताल नपुग्दै बृद्धाको मृत्यु भएको भन्दै अस्पतालले शव फिर्ता पठाएको थियो। 

पोष्टमाटर्मका क्रममा टाउकोमा चोट लागि बृद्धाको मृत्यु भएको रिपोर्ट आएपछि घटना शंकास्पद देखिएको थियो। स्थानीयले घटना छानविन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शनिबार दिनभर मृतकका घर अगाडि प्रदर्शन गरेका थिए।

घटना स्थलको प्रकृतिक, मृतकको अवस्था, मृतकको टाउकोसहित शरीरमा लागेको चोटपटकको अध्ययन गर्दा मृतकको टाउको पटक पटक प्रहार भएको निष्कर्षमा प्रहरी पुगेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments