Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-03-10

Gandaki, Kaski, Pokhara Lekhnath

Medical checkup of the girl was conducted at Western Regional Hospital Febrएक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१२ गगनगौंडाका २७ वर्षीय गोपाल पुनलाई जिल्ला अदालतको आदेशमा फागुन २६ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ । घरेलु कामदारको रुपमा राखिएकी पीडित बालिकालाई आरोपित पुनले घरमा कोही नभएको अवस्थामा कराएमा मार्ने डर, धम्की दिएर माघ २५ गते बलात्कार गरेको भन्दै पीडकलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा माघ २८ गते उजुरी दिएका थिए । घरमा कोही नभएको अवस्थामा ललाई-फकाई कोही कसैलाई भनेमा ज्यानै मार्ने धम्की समेत दिई आफ्नै घरको कोठामा पटक-पटक जबरजस्तीकरणी गरेको पीडित जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । घटनामा संलग्न पुनलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा माघ २८ गते स्वास्थ्य परीक्षण भयो । जिल्ला अदालतको आदेशमा आरोपित पुनलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो ।

0 Comments

Related Reports
Related Trend Analysis