Incident Reports

एमसीसीकाे विरोधमा हिन्दु परिषदद्वारा प्रदर्शन

2020-06-08

Madhes, Parsa, Birgunj

सन्तोष रंजितकार बिरगंज, जेठ २६ ।

अमेरीकी मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा हिन्दु परिषद नेपालले आज बिरगंजको घण्टाघरमा प्रदर्शन गरेको छ ।

लकडाउनको समयमा समाजिक दूरी कायम गर्दै राष्ट्र विरोधी सम्झौता लागू नगर्न प्रदर्शन गरेका हुन् । हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको विरोध प्रदर्शनमा “‘नो एमसीसी, एमसीसी चाहिदैन, लागू गर्न पाईदैन, देशद्रोही नेताहरु मुर्दावाद, देश बेच्न पाईदैन'” भनेर लेखिएको विभिन्न प्लेकार्ड सहित बिरगंज को घण्टाघर नजिक बिहान १ घण्टा विरोध प्रदर्शन गरेका हुन् ।

कुनै पनि सहयोगको सम्झौता सीमित समयका लागि मात्रै हुने र त्यसको पनि राष्ट्र र जनताको हितमा हुनुपर्ने भएपनि एमसीसी सम्झौता नेपाली नागरिकको हितमा नभएकोले लागू गर्नु राष्ट्रघात हुने भएको हो।सो को विरोध गरिएको हिन्दु परिषद नेपालका अध्यक्ष पटेलले बताउनु भयो । आज बिरगंज बाट शुरु भएको यो विरोध प्रदर्शन देशभरी नै गर्ने भनि उहाँले जानकारी गराउनु भएको थियो।

विरोध प्रदर्शन कार्यक्रम मा हिन्दु परिषदका महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष सञ्जय सर्राफ, केन्द्रीय सदस्य सुरेश साह कानु, सचितानन्द दुवे, लालबाबु कुर्मी, भरत सर्राफ, श्रीराम उपाध्याय, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, लगायतको सहभागीता रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments