Incident Reports

एमसिसीको विरोधमा प्रदर्शन, प्रहरीको हस्तक्षेप, प्रहरीकाे कुटाईबाट एकजना घाइते (तस्बिरसहित)

2020-06-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । 

उनीहरुले एमसिसी खारेजीको माग गर्दै नारा लगाएका छन् । प्रहरी र प्रदर्शनकारीबिच तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले प्रहार गरेको लाठीका कारण टाउकोमा चोट लागेका एकजनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका छन् । 

पहिलोपटक झडप भएपछि पुनः प्रदर्शनमा सहभागी भएका प्रदर्शनकारीलाई पुन लाठी प्रहार गरी प्रहरीले पक्राउ गरेको हो । 

राष्ट्रिय झण्डासहित उपस्थित भएका प्रदर्शनकारीबाट प्रहरीले झण्डा खोस्न खोजेपछि तनाव भएको हो । फत्राउ गरी भ्यानमा हालेपछि पनि प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Excessive Use of Force
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments