Incident Reports

द्वन्द्वकालमा भण्डार गरिएको विस्फोटक पदार्थ फेला l

2014-03-12

Gandaki, Gorkha, Sulikot

INSEC Western Regional Office गोरखा जिल्लाको स्वारा गाविस-६ स्थित माझथर भीरमा फेला परेको विस्फोटक पदार्थ फागुन २८ गते प्रहरीले बरामद गरेको छ । गाउँ नजिकैको भीरमा पहरा मुनी लुकाएर राखिएको उक्त विस्फोटक पदार्थ बालबालिकाले फेला पारेर खेलौनाको रूपमा प्रयोग गर्दै आएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरी उक्त विस्फोटक पदार्थ बरामद गरेको डिएसपी रमेश थापाले बताए । उनका अनुसार ७ सय १ थान डेटोनेटर केप, ३ सय मिटर तार र १० किलो बराबरको गन्धक स्थानीय बालबालिकाको सहयोगमा बरामद गरिएको हो । भीरबाट बालबालिकाले उक्त विस्फोटक पदार्थलाई ल्याएर खेलौनाका रूपमा प्रयोग गर्दै आएको र पछिल्लो समय फागुन २७ गते साँझ ६/७ ओटा डेटोनेटरलाई एकैसाथ राखेर पड्काउन खोज्दा दुई बालक घाइते भएको डिएसपी थापाले बताए । घटनामा घाइते स्वारा गाविस-६ माझथरका १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर वरामको काठमाडौस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटक पदार्थ बरामद गरेपछि प्रहरीले स्थानीयबासीलाई सचेतना र अभिमुखिकरण दिएको डिएसपी थापाले बताए । जिल्लाका अन्य ग्रामीण बस्ती तथा टोलमासमेत द्वन्द्वका समयमा भण्डारण गरिएका विस्फोटक पदार्थ भएको हुनसक्ने उनले बताए । द्वन्द्वका समयमा उक्त स्थानमा नेकपा माओवादीका कार्यकर्ता आश्रय लिएर बस्ने गरेकोमा तर, पछि हटाउने क्रममा भुलबस छाडिएको भनी एमाओवादी पार्टीका कार्यकर्ताले बताएको डीएसपी थापाले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis