Incident Reports

दाइजो कम ल्याएको भन्दै कुटपिट l

2014-03-13

Madhes, Rautahat, Garuda

Bipeen Gautam गरुडा बैरीया गाविस-९ की २० वर्षीया मीनादेवी साहलाई पति २५ वर्षीय असोक साह कल्वारले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितले फागुन २९ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएकी छन् । पीडित महिलाको पति भारत मोतिहारी स्थायी घर भएपनि गरुडा बैरीया गाविसमा व्यापार गर्दै आइरहेका छन् । पीडितसँग एक वर्षअघिमात्र विवाह भएकोमा पतिले बारम्बार दाइजो कम ल्याएको भन्दै निहुँ खोज्ने गरेकोमा फागुन २८ गते राति आफूलाई लाठी तथा लात मुक्काले कुटपिट गरी घाइते बनाएकोले आरोपितलाई घरेलु हिंसा ऐन अन्तर्गत कारबाही गरी पाउँ भनी पीडितले माग गरेकी छन् । पीडितको निवेदन घरेलु हिंसा ऐन अन्तर्गत दर्ता गरी आरोपितलाई छलफलको लागि बोलाइएको सेवा केन्द्रका इन्चार्ज तथा सई गीता रानाभाटले बताइन् । जेठाजूले कुटपिट गरेको आरोपमा उजुरी दर्ता भेडियाही गाविस-४ की २० वर्षीया सोनी खातुनलाई उनकै जेठाजू २८ वर्षीय ओसी अख्तर मन्सुरीले फागुन २६ गते राति कुटपिट गरेको आरोपमा पीडितले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा फागुन २८ गते उजुरी दर्ता गराएकी छन् । पति कमाउनको लागि वैदेशिक रोजगारमा गएको र सो राती १० बजेको समयमा घरको काम सकेर सुत्न लागेको अवस्थामा मादक पदार्थ सेवन गरेर आएका जेठाजूले पतिले विदेशबाट पठाएको पैसा नदिएको भन्दै लात तथा मुक्काले कुटपिट गरेको पीडितले बताइन् । पीडितको निवेदन घरेलु हिंसा ऐन अन्तर्गत दर्ता गरी आरोपितलाई छलफलको लागि बोलाइएको सेवा केन्द्रका इन्चार्ज तथा सई गीता रानाभाटले बताइन् । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis