Incident Reports

पतिको कुटपिटबाट घाइते भएपछि अस्पताल भर्ना l

2014-03-16

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel बोरिया गाविस-५ की २३ वर्षीया अस्नोदेवी यादवलाई पति २८ वर्षीय शिवनारायण यादवले कुटपिट गरी उपचार नगरेपछि माइत पक्षकाले चैत २ गते उपचारार्थ अस्पताल भर्ना गरेका छन् । टाउकोमा चोट लागेर लगातार वान्ता गर्दा समेत घरपरिवारका सदस्यले उपचार गर्न नलगेपछि सुनसरी जिल्लाको सत्तरझोरा गाविस-९ स्थित माइतबाट आएका पीडितका बुवा योगेन्द्र सिपलिया यादवले चैत २ गते उपचारार्थ राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरेका थिए । अस्पतालका चिकित्सकहरूले पीडितको टाउकोको सिटिस्क्यान गर्नु पर्ने बताएपछि पीडितलाई थप उपचारको लागि चैत २ गते राति ७ बजे विराटनगर लगेको भाइ अमर यादवले बताए । पीडितलाई आरोपित पति शिवनारायणले मादक पदार्थ सेवन गरी फागुन ३० गते निर्घात कुटपिट गरेका थिए । पीडित अस्नोले भनिन-"मदिरा सेवन गरेर आएका पतिले अर्को विवाह गर्ने धम्की दिँदै काठको लौराले जथाभावी कुटे ।" आफ्नो कोखबाट छोरी जन्मिएपछि पतिले आफ्नो छोरी नभएको भन्दै पटक-पटक कुटपिट गर्दै आएको पीडितले बताइन् । पीडितको ०६७ असार ७ गते सामाजिक परम्पराअनुसार विवाह भएको र एक डेढ वर्षीया छोरी रहेकी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis