Incident Reports

बालिकाहरूलाई यौन दुर्व्यवहार गर्ने शिक्षक विरुद्ध उजुरी l

2014-03-14

Sudurpashchim, Doti, Bogatan Fungshil

Labdev Bhatta गगुडा गाविस-१ मा रहेको भवानी निमावि पलाडीका शिक्षक २६ वर्षीय योगेन्द्रबहादुर बोगटीले चार जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको आरोपमा पीडितका आफन्तले फागुन २९ गते प्रहरी चौकी चवराचौतारामा उजुरी दिएपछि आरोपित शिक्षकलाई प्रहरी फागुन ३० गते गिरफ्तार गरेको छ । निवेदनको आधारमा वास्तविकता बुझ्न गएको प्रहरीको टोलीले आरोपित शिक्षक योगेन्द्र बोगटीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय डोटीमा पठाएको चवराचौतारा प्रहरी चौकी चनुकाँडाका इन्चार्ज असई दीपक सिंहले बताए । कक्षा १ मा अध्ययनरत पीडितहरूका आमाहरूले कारबाहीको माग गर्दै निवेदन दिएको भन्ने खबर प्राप्त भए पनि घटनास्थल जिल्ला सदरमुकामबाट २६ कोष टाढा भएकाले पीडित लगायत अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धानपछि मात्र वास्तविकता पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis