Incident Reports

नेपाली सेनाद्वारा विष्फोटक पदार्थ निष्क्रिय l

2014-03-15

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai दिक्तेल गाविस-२, स्थित पुरानो सशस्त्र बेस क्याम्पमा चैत १ गते दिउँसो फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको जबरजंग गण मुढे व्यारेकको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । दिक्तेल गाविस-२ की ८ वर्षीया बालिकाहरू पुजा र सविता विश्वकर्माले खेल्दै गरेको समय विष्फोटक पदार्थ फेला पारेपछि अभिभावकलाई खबर गरेका थिए । अभिभावकले तत्कालै प्रहरीलाई विष्फोटक पदार्थ भेटिएको बारे जानकारी गराएको थियो । सशस्त्र द्वन्द्वको समयमा स्थापना गरिएको सशस्त्र प्रहरी र नेपाली सेनाको बेस क्याम्पमा छाडिएको विष्फोटक पदार्थ बच्चाहरूले फेला पारेका हुन् । नेपाली सेनाका उप-सेनानी ज्ञानबहादुर राईको नेतृत्वमा आएका बम डिस्पोजल टोलीले उक्त विष्फोटक पदार्थ निष्क्रिय बनाएका हुन् । उप-सेनानी राईले फेला परेको विष्फोटक पदार्थ प्लाष्टिक हेण्ड ग्रिनेट रहेको बताए । सशस्त्र द्वन्द्वको समयमा उक्त स्थानमा विष्फोटक पदार्थ छाडिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका इन्सपेक्टर रमेशकुमार देवले जानकारी दिए । सशस्त्र द्वन्द्वको क्रममा सो ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त बेसक्याम्प बसेको थियो । त्यस क्षेत्रमा यसअघि पनि पटक-पटक विष्फोटक पदार्थ फेला परेकाले अझै हुन सक्ने स्थानीयवासीहरूको अनुमान छ ।

0 Comments

Related Reports
Related Trend Analysis