Incident Reports

बालविवाह गर्ने विरुद्ध मुद्दा दर्ता l

2014-03-14

Sudurpashchim, Doti, Purbichauki

Labdev Bhatta गैह्रागाउँ गाविस-७ का २० वर्षीय जनक भुलका नाममा जिल्ला प्रहरी कार्यालय डोटीले ३० गते बालविवाहमा मुद्दा दर्ता गरेको छ । तिखातर गाविस-८ की १२ वर्षीया बालिकालाई बालविवाह गरेको आरेापमा जनक भुलको नाममा बालिकाका काका इन्द्र भुलले फागुन २७ गते दोषीको खोजतलास गरी न्याय दिलाईदिन जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र डोटीमा उजुरी दिएका थिए । घरमा एक पत्नी छँदाछँदै अर्की बालिकालाई विवाह गरी लगेको निवेदनमा उल्लेख गरेकाले खोजतलासका लागि सोही दिन जानकारी गराउँदा ०७० फागुन २९ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि उनको नाममा बालविवाह अन्तर्गत मुद्दा दर्ता गरिसकेको अनुसन्धान अधिकृत उद्धवदेव भट्टले जानकारी दिए । बालिकालाई जिल्ला अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य परीक्षण गराएर अभिभावकको जिम्मा लगाईसकिएको र आरोपितलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए । लवदेव भट्ट

0 Comments

Related Reports
Related Trend Analysis