Incident Reports

भारतीय नागरिकको ज्यादती : गोठालामाथि कुटपिट, भैँसी खोसेर लगे 

2020-06-15

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 5

नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैँसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैँसी भारतीय नागरिकले खोसेर लगेका छन् । 

सरदार समुदायका भारतीय नागरिकले भैँसी बाँध्ने डोरी र पगडी खोलेर उपाध्यायको हातखुट्टा बाँधेर भैँसी लगेका पीडितको भनाइ छ । उनीहरूले भारतमा भैँसी चराउन ल्याएको भन्दै वृद्धमाथि कुटपिट गरेका थिए । तर, उनीहरूले नेपाली भूमिमै भैँसी चराएका थिए । आफ्ना तीन र छिमेकीका दुईवटा भैँसी भारतीय नागरिकले लगेको उपाध्यायले बताए । भैँसी चराएर सोमबार साँझ घर फर्कने क्रममा तीन-चारजना भारतीय नागरिक आएर भैँसी लगेको उनले बताए । उनले भने, ‘हातमा डोरी थियो, त्यही डोरी खोसेर हातखुट्टा बाँधेर मलाई खोलामा फालिदिए । बुढो मान्छे हो, रातभरमा मरिहाल्छ भन्दै भैँसी लगे ।’ बाँधिएको हातखुट्टा आफैँले खोलेर घर आएको उनले बताए । उनले भने, ‘स्थानीय अस्पतालमा उपचारपछि घरमै छु । उनीहरूले लगेकामध्ये दुईवटा भैँसी ब्याउने थिए । लाखौँका भैँसी लगे, भाग्यले बाँचेँ ।’

साँझ भैँसीविनै घर पुगेपछि घटना सार्वजनिक भएको थियो । स्थानीयले दोषी पहिचान गरेर कारबाहीको माग गरेका छन् । बेलडाँडी गाउँपालिका– ४ र ५ झिलमिला, वैवाह क्षेत्रका स्थानीय झिलमिलाफाँटामा वस्तुभाउ चराउन जान्छन् । यो नेपाली भूमिमा पहिल्यैदेखि किसानहरूले वस्तुभाउ चराउने, घाँस काट्ने गर्दै आएका छन् ।

घटनाबारे बेलडाँडी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)लाई अवगत गराएको जनाएको छ । सशस्त्र प्रहरी बल बेलडाँडी बिओपीका इन्चार्ज योगेन्द्र भण्डारीले एसएसबीसँग घटनाबारे छलफल गरेर संलग्नहरूको खोजी भइरहेको बताए । उनले भने, ‘यस घटनाबारे भारतीय सुरक्षाकर्मीसमेत चिन्तित छन्, उहाँहरूलाई घटनाका दोषी खोज्न र नेपाली किसानका भैँसी फिर्ता गर्न दबाब दिएका छौँ ।’ 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 00
Total Injured 1
National/Online Media

0 Comments

Related Reports