Incident Reports

प्रहरीको गोली प्रहारबाट एक जना घाइते l

2014-03-16

Bagmati, Dolakha, Baiteshwor

Uddhav Poudel प्रहरीको गोली प्रहारबाट काव्रे गाविस-३ का अमित घिमिरे घाइते भएका छन् । प्रहरीले कुटपिट घटनामा सङ्लग्न काव्रे गाविस-७ का २६ वर्षीय तेजबहादुर तमाङलाई गिरफ्तार गरेकोमा काव्रे गाविस-३ का ४० वर्षीय मीनबहादुर घिमिरे लगायतले चैत २ गते ईलाका प्रहरी कार्यालयको गाडी तोडफोड गरी हत्कडी लगाई प्रहरी नियन्त्रणमा राखिएका तेजबहादुरलाई भगाएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले चलाएको गोली पीडित घिमिरेको देब्रे घुँडामा लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरेश काफ्लले बताए । घाइते घिमिरेको प्रहरी नियन्त्रणमा दोलखा जनरल अस्पतालमा उपचार भइरहेको छ । तेजबहादुरलाई राती पुनः गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी काफ्लेले बताए । भारत घर भई काव्रे गाविस-५ को भेनियर उद्योगमा काम गर्ने मजदुरहरू रोन्जित तहान र राजु तहानलाई मीनबहादुर घिमिरे सहितले लाठी, रडले कुटपिट गरेको सूचना प्राप्त भएपछि झगडा नियन्त्रणमा लिन प्रहरी परिचालन गरेकोमा घटनामा संलग्नहरु प्रहरीमाथिनै आइलागेको डिएसपी काफ्लेले बताए । मीनबहादुर घिमिरे सहित काव्रे गाविस-३ का २२ वर्षीय राजु भण्डारी, २४ वर्षीय सुकदेव घिमिरे, २५ वर्षीय भुवन घिमिरे, २० वर्षीय अमिर घिमिरे, २२ वर्षीय मदन भण्डारी, सोही गाविस-७ का २६ वर्षीय रमेश दहाल र हाल ईन्द्र डेन्टल मैनापोखरी शाखामा कार्यरत २६ वर्षीय तेजबहादुर तामाङले चैत २ गते साँझ आक्रमण गर्दा रोन्जित तहानको एउटा करङ भाच्चिएको भेनियर उद्योगका कमल दहालले बताए । झडपका क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरीमा कार्यरत प्रहरी गणेश कँडेल घाइते भएको प्रहरीले जनाएको छ । घाइते उनीहरूको दोलखा जनरल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अनुसन्धनका लागि सुमित्रा मोक्तान र अमित घिमिरेलाई गिरफ्तार गरेको जनाएको छ । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis