Incident Reports

प्रहरी हवल्दारद्वारा बलात्कार प्रयास l

2014-03-15

Lumbini, Kapilbastu, Bijayanagar

Nandaram Poudel एक १९ वर्षीया महिलालाई गणेशपुर इलाका प्रहरी कार्यालयका हवल्दार रामबहादुर विष्टले बलात्कार प्रयास गरेको आरोपमा स्थानीयवासीले चैत १ गते नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पीडित महिला चैत १ गते गुगौलीस्थित मिलबाट धान कुटाई साझं घर फर्कर्ने क्रममा हवल्दार विष्टले गुगौली न्याउलागञ्ज स्थित सडकमा बलात्कार गर्न खोजेको अवस्थामा रोई कराई गरेपछि स्थानीयवासीले सुनेर महिलाको उद्धार गरी आरोपित हवल्दारलाई नियन्त्रणमा लिएका थिए । प्रहरी चौकी सुन्दरीडाँडाँ र इलाका प्रहरी कार्यालय गणेशपुरबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको नियन्त्रणमा रहेका हवल्दारलाई विभागीय कारबाही गर्ने लिखित प्रतिबद्धतापछि प्रहरीको जिम्मा लगाएका थिए । डिएसपी महेन्द्र खड्काले बलात्कार नगरेको तर पहिलेदेखि प्रहरी हवल्दार र महिलाबीच सम्बन्ध रहेको बताउँदै बलात्कार प्रयासको आरोप लागेका उनीमाथि छानबिन गरी विभागीय कारबाही गरिने बताए । आरोपित हवल्दारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis