Incident Reports

मुस्ताङको दिव्यदीप स्कुलमा तोडफोड

2020-06-15

Gandaki, Mustang, Lomanthang, Ward 2

 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ छोसेरमा अवस्थित एकमात्र उच्चतहको दिव्यदीप माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । 

घुम्ती कक्षा सञ्चालनका लागि विद्यार्थी र शिक्षक पोखरा झरेको विद्यालय कात्तिक महिनादेखि बन्द थियो । विद्यालयको कम्पाउन्ड वाल स्तरोन्नति गर्ने क्रममा विद्यालय तोडफोडको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

 गत कात्तिक महिनामा घुम्ती कक्षाका लागि पोखरा झरेको उक्त विद्यालय वैशाख महिनामा साविककै स्थानमा सञ्चालन हुनुपर्ने भएपनि विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै लामो समयदेखि पठनपाठन बन्द थियो । लकडाउनका कारण विद्यालय पूर्वनिर्धारित समयमा खुल्न सकेको थिएन । 

  उक्त विद्यालय कोरला नाकादेखि दक्षिण १० किलोमिटर यता पर्छ । प्रहरीका अनुसार उक्त विद्यालयको १ देखि १० कक्षा सम्मका सबै ढोकाहरुको ताल्चा फोरिएको र  प्रत्येक कक्षाका सिसा र काठ बनेका सबै झ्याल फोरिएको अवस्थामा रहेको छ । विद्यालयको प्रधानाध्याक कार्यकक्ष र अफिस कक्षको पनि ताल्चा फोरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

विद्यालयको भौतिक सम्पति क्षति भएको पत्तो पाएपछि तत्काल विद्यालय व्यवस्थापन समितिले इलाका प्रहरी कार्यालय छोसेरलाई जानकारी गराएको थियो । विद्यालयभित्र के कस्तो सामान थिए भन्ने विवरण खुल्न बाँकी रहेको र घटनाको यकीन क्षति विवरण बिहीबार विद्यालय समिति, जनप्रतिनिधि र प्रहरीको अनुसन्धानबाट सार्वजनिक गरिने प्रहरीले जनाएको छ । 

 प्रहरीका अनुसार विद्यालय तोडफोड कुन समूहले कुन प्रयोजनमा गरेको भन्ने जानकारी हुन नसकेको जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघरक दामोदरकुण्ड गाउँपालिका अन्तर्गत दिव्यदीप एक मात्र माध्यमिक तहको सरकारी विद्यालय हो । उक्त विद्यालय वर्षको ७ महिनामा खुला हुन्छ भने २ महिना पोखरामा घुम्ती कक्षा सञ्ञ्चालन हुने गरेको छ । हिउँदयाममा अत्यधिक हिमपात र चिसो बढ्ने भएकाले उपल्लो मुस्ताङका सुरक्षाकर्मी जाडो छल्न जिल्लामा मर्ज गरिने गरिएको छ । हिमपात, चिसो र लक डाउनले जिल्लाभित्र कुनै नयाँ अनुहार प्रवेश नगरेकाले विद्यालय तोडफोड रहस्यमय बनेको स्थानीय बताउँछन् । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports