Incident Reports

भारत र चीनलाई युद्ध नगर्न आग्रह गर्दै काठमाडौँमा धर्ना

2020-06-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – भारत र चीनलाई युद्ध नभई शान्तिपूर्ण वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरी काठमाडौँमा धर्ना भएको छ ।

नवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित चिनियाँ र भारतीय दूतावास अगाडि वार्ताबाट समस्या समाधान गर्न माग गरी धर्ना दिएका हुन् ।

भारत र चीनबिच सीमालाई लिएर विवाद भइरहेको छ । गएको सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यका नजिकको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशका सेनाबिच भिडन्त हुँदा भारतका एक उच्च सैन्य अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।

सो घटनापछि दुई देशबिच तनाव उत्कर्षमा पुगेको छ । सो तनाव वार्ताबाट समाधान गर्न माग गरी शान्ति समाजले धर्ना दिएको हो ।

भारत र चीन दुवै देशले आफूहरु वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको बताएका छन्।

       

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments