Incident Reports

महिलालाई आगो लगाई हत्या गरेको आशंका l

2014-03-17

Madhes, Siraha, Karjanha

Durga Pariyar मिर्चैया गाविस-३ की २५ वर्षीया पुनमदेवी साहको चैत ३ गते आगो लगाई हत्या गरेको आशंका इलाका प्रहरी कार्यालय मिर्चैयाले गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले चैत ३ गते चार बजे तीर घरमा आगोले जलेको अवस्थामा पुनमलाई फेला पारेको बताए । उनले पीडित महिलालाई तत्कालै उपचारको लागि धरान स्थित विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको लागि लगे पनि सोही राती उनको उपचारको क्रममा मृत्यु भएको बताए । लासको चैत ४ गते नै विपी स्वास्थ्य प्रतिस्ष्ठान धरानमा पोष्टमार्टम भएको छ । इन्सपेक्टर सुवेदीले महिला आगोले जलेको घटना शंकास्पद भएकोले मृतकका पति ३० वर्षीय वीरेन्द्र साहलाई नियन्त्रणमा लिएको बताए । इन्सपेक्टर सुवेदीले वीरेन्द्र साहको हातहरू पनि जलेकोले प्रहरीको निगरानीमा मिर्चैयामा उपचार भइरहेको जानकारी दिएका छन् । घटनाको अनुसंधान भई रहेकोले सत्य कुरा चाँडै पत्ता लाग्ने इन्सपेक्टर सुवेदीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis